रंगबुल धोतरिया हेलीप्याडमा तीन दिवसीय म्युजिकल कार्निभल हुने

IMG-20221023-WA0253.jpg

सोनादा: सोनादादेखि पाँच किलोमीटर टाड़ा अनि रंगबुलदेखि २ किलोमीटर टाड़ामा रहेको धोतिरया रंगमुक हेलीप्याडमा तीन दिवसीय म्युजिकल कार्निभलको आयोजना गरिने भएको छ। उक्त म्युजिकल कार्निभलको आयोजना एनएच ५५ बाइक राईडर्सद्वारा गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रम आगामी २६, २७ र २८ अक्टोबरको दिन आयोजना गरिने भएको छ। यस अन्तर्गत २६ अक्टोबरको दिन रक कार्यक्रम हुने जसमा नेपालबाट मंङ्की टेम्पल म्युजिकल ब्याण्ड आउने अनि स्थानीय म्युजिकल ब्याण्डको पनि प्रस्तुति रहने भएको छ।

त्यसरी नै २७ अक्टोबरको दिन युएनबा प्लस डीजे आउने र अन्तिम दिन २८ अक्टोबरको दिन एड्रिन प्रधान र उनको म्युजिकल ब्याण्ड १९४७ एडी आउने भएको जानकारी एनएच ५५ बाइक राईडर्सको सभापति सन्दीप प्रधानले दिएका छन्। उनले यस तीन दिवसीय कार्यक्रमको लागि ५०० र एक हजारको टिकट रहेको अनि उक्त कार्यक्रममा सबैलाई उपस्थितिको लागि निवेदन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement