काठमाडौं: बुधबार बिहान आएको विनाशकारी बाढीका कारण चीनको तिब्बत क्षेत्रमा ५५८ जना सम्पर्कविहीन भएका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त जानकारी दिएको हो।
चिनियाँ दूतावासका अनुसार स्थानीयवासीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा दक्षिण–पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमावर्ती एक बन्दरगाहमा पहिरो गएको जानकारी दिइएको छ। बिहीबार बिहान ८ बजेसम्म उक्त घटनामा ३ जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता रहेको बताइएको छ। स्थानीयवासीहरूले दुई जनाको उद्धार गरेका छन्।
दूतावासले बुधबार चीन–नेपाल सीमा क्षेत्रमा आएको प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको पनि जनाएको छ।









