उपस्वास्थ्य केन्द्रको शिलान्यास

IMG_20221023_175708.jpg

सिलगढी: सिलगढी महानगरपालिकाको वार्ड नम्बर ३२ को ज्योतिर्मय कालोनीमा २८ लाख रुपैयाँको लागतमा बन्ने उपस्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ। लामो समयदेखि यहाँ उपस्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने माग रहेको स्थानीयले बताए। पार्षद तपस चटर्जीको पहलमा आज स्वास्थ्य केन्द्र निर्माणको काम सुरु भएको हो। आज सिलगढी नगर निगमको चार नम्बर बरोका अध्यक्ष जयन्त साहले स्वास्थ्य केन्द्रको शिलान्यास गरे। सो अवसरमा काउन्सिलर तपस चटर्जीले जनताको राम्रो उपचारका लागि यो उपस्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको र यो भवन पूर्ण रुपमा तयार भएपछि जनतालाई उपचार गर्न सहज हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement