मेघालय: शिलांग दुर्घटना पीडितलाई चुपचाप क्षतिपूर्ति

IMG-20260827-WA0059

शिलांग: शिलांगमा कार्यस्थल दुर्घटनामा परी मृत्यु भएका पाँच जनाका परिवारलाई सरकारले अनुग्रह रकम नदिएको विपक्षी भ्वाइस अफ पिपुल्स पार्टी का अध्यक्ष अर्डेन्ट बासाइआवमोइतको आरोपलाई मुख्यमन्त्री कोनराड के. सङ्माले खण्डन गरेका छन्। उनले प्राकृतिक विपद्का लागि मात्र प्रयोग हुने राज्य विपद् न्यूनीकरण कोषबाट दुर्घटनाका पीडितलाई रकम दिन कानुनी रूपमा नमिल्ने स्पष्ट पारे। तर, सरकारले मुख्यमन्त्री विशेष अनुदानबाट ती परिवारलाई अनुग्रह रकम उपलब्ध गराइसकेको उनले सदनलाई जानकारी दिए।
सङ्माका अनुसार निश्चित मापदण्ड नभएकाले परिस्थितिअनुसार सहायता दिन सकिन्छ। दुर्घटनाका हरेक घटनामा यस्तो सहायता मागिने नजिर बस्न सक्ने भएकाले निर्णय संवेदनशील रहेको उनको भनाइ छ। सरकारले प्रचार नगरी पीडित परिवारलाई सहयोग गरेको उनले बताए।
यता बासाइआवमोइतले आफूहरूले सञ्चारमाध्यममा आएको समाचारका आधारमा जिम्मेवार सांसदको हैसियतमा विषय उठाएको स्पष्ट पारे।

About Author

Advertisement