सिलगढीको कोर्ट मोडमा टोटो चालकहरूसँग अवैध असुली

Screenshot_20260826_221429_Facebook

मन्त्री डा. शङ्कर घोषद्वारा निरीक्षण र कडा चेतावनी

सिलगढी: सिलगढीको कोर्ट मोड क्षेत्रमा केही व्यक्तिहरूले गैरकानुनी रूपमा ई-रिक्सा (टोटो) चालकहरूसँग पैसा उठाइरहेको गम्भीर आरोप अघि आएको छ। विगत केही दिनदेखि प्राप्त भइरहेका लगातारका गुनासाहरूलाई सम्बोधन गर्दै बुधबार सिलगढीका विधायक तथा पर्यटन मन्त्री डा. शङ्कर घोषले उक्त स्थलको प्रत्यक्ष निरीक्षण गर्नुभयो।
​मन्त्री डा. घोषले घटनास्थलमै टोटो चालकहरूसँग कुराकानी गर्दै अवैध असुलीमा संलग्न व्यक्तिहरूलाई तुरुन्त यस्ता गतिविधि बन्द गर्न कडा चेतावनी दिनुभयो। उहाँले चालकहरूलाई कुनै पनि अनधिकृत रकम नतिर्न निर्देशन दिनुभयो। यसका साथै, मन्त्रीले कोर्ट मोडको दीर्घकालीन ट्राफिक समस्याको पनि जायजा लिनुभयो। सडकमै गाडी पार्क गरेर बनाइएको अनधिकृत स्ट्यान्डका कारण यहाँ दिनहुँ जाम हुने गरेको छ। यदि गैरकानुनी असुली रोकिएन भने उक्त अस्थायी स्ट्यान्ड हटाइदिने चेतावनी दिँदै मन्त्रीले ट्राफिक प्रहरीलाई कडा निगरानी राख्न निर्देशन दिनुभएको छ।

About Author

Advertisement