मिरिक: वाग्येकार गोपाल योञ्जनको ८३औँ जन्मजयन्ती मिरिक गोपाल योञ्जन प्रतिष्ठानको आयोजना यहाँको गोर्खा रङ्गमञ्च भवन परिसरमा सम्पन्न गरियो। शिक्षक तथा गायक रमेश गजमेरले सञ्चानको गरेको कार्यक्रमलाई प्रतिष्ठानका अध्यक्ष एस. बी. गजमेरले अध्यक्षता गरेका थिए भने गोपाल योञ्जनका सहपाठी तपेन्जामनी गुरूङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

पण्डित युवराज भण्डारीको मन्त्रोच्चारणसँगै वाग्येकार गोपाल योञ्जनको सालिगमा धुप दीप प्रज्वलन गरेपछि शुरू भएको कार्यक्रममा प्रतिष्ठानका सचिव केसाङ लामाले स्वागत मन्तव्य राखेका थिए भने उपध्याक्ष कैलाश राईले वाग्येकार गोपाल योञ्जनको सक्षिप्त जीवनी प्रस्तुत गरे। कार्यक्रममा साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष अमर दुङमाली, चिमल क्लबका प्रतिनिधि तथा साहित्यकार दीप जोशी, सुचना एवं सांस्कृतिक विभाग मिरिकका प्रभारी मिलन राई, कर्मचारी दीप थोकर, संगीतकार तथा गायक पारस घिमिरे,वरिष्ठ नागरिक कल्याण संघ मिरिकमा अध्यक्ष ए. टी. राई,साहित्यकार अरूण चन्द्र कुलुङ बिद्रोही साईला, देवीलाल प्रधान, नाट्यकर्मी सत्यन वरदान लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा गायिका सुनिति खातीले गीत प्रस्तुत गरिन् भने कवि विनोद खाती अनि अरूणचन्द्र कुलुङ बिद्रोही साईलाले कविता वाचन गरे। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा प्रतिष्ठानका अध्यक्ष एस. बी. गजमेर अनि सचिव केसाङ लामाले कार्यक्रममा उपस्थित सम्पूर्ण अथितिहरूप्रति आभार प्रकट गरे। उनीहरूले आगामी दिनमा गोपाल योञ्जन शालिग परिसरमा सुरक्षा पर्खाल लगाइने जानकारी गराएका छन्।










