आज प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाह

IMG-20260826-WA0058

काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को अध्याय–९ अन्तर्गत सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिनेछन्।
बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) सदनमा पेस गर्नेछन्।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनमा प्रस्तुत गर्नेछन्।
यसका साथै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने कार्यक्रम रहेको छ।

About Author

Advertisement