बिर्तामोड: इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती आज मनाइँदैछ।
विभिन्न कार्यक्रम आयोजना गरी मोहम्मदको जन्म जयन्ती पर्व मनाउन लागेको हो। मोहम्मद जयन्ती मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउने एउटा महत्त्वपूर्ण पर्व हो। नेपाली मुस्लिम समुदायहरुले यस पर्वलाई ‘मोहम्मद डे’ भनेर पनि मनाउने गरिएको पाइएको छ।
यस दिन मुस्लिम धर्मावलम्बीहरू खुसी व्यक्त गर्दै हजरत मोहम्मदका शिक्षाको स्मरण गर्छन्। मस्जिदमा कुरान पाठ गर्ने, सामूहिक भोजन गर्ने तथा एक-अर्कामा शुभकामना आदानप्रदान गर्ने गर्दछन्। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ।
पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि साउदी अरबको मदिनामा गए। उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको हो।








