विश्व च्याम्पियनशीपमा काँस्य पदक विजेता त्रिशा-गायत्रीकी जोड़ीको ऱ्याङकिंगमा सुधार

IMG-20260825-WA0099

नयाँ दिल्ली: बीडब्ल्यूएफ ब्याडमिण्टन विश्व च्याम्पियनशीपमा काँस्य पदक जित्ने त्रिशा जली र गायत्री गोपीचन्दकी भारतीय जोड़ीलाई ऱ्याङकिंगमा फाइदा भएको छ। ताजा ऱ्याङकिंगमा भारतकी स्टार महिला जोड़ी ३९औं स्थानबाट १२ स्थानको सुधार गरी २७औं स्थानमा पुगेको छ। त्रिशा-गायत्रीकी जोड़ीले भारतमा आयोजित विश्व च्याम्पियनशीपमा देशको निम्ति एकमात्र पदक जितेको थियो। यस जोड़ीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। यसको साथै त्रिसा-गायत्रीकी जोड़ी २०११-मा ज्वाला गुट्टा र अश्विनी पोनप्पापछि विश्व च्याम्पियनशीपमा पदक जित्ने पहिलो भारतीय महिला जोड़ी बनेको थियो। ताजा ऱ्याङकिंगमा भारतीय जोड़ीसँग ४४,१९२ अंक रहेको छ। यसबीच पुरुष एकल ऱ्याङकिंगको शीर्ष १०-मा ठूलो बद्लाउ भएको छ। इण्डोनेशियाई शट्लर जोनाथन क्रिस्टी शीर्ष स्थानमा पुगेका छन्। उनी दुई स्थानको सुधार गरी विश्वका नम्बर १ खेलाड़ी बनेका छन्। यसरी गत हप्ता भारतका आयुष शेट्टीसँग पहिलो राउण्डमै हार्ने शि युकीलाई चाहिँ ५ स्थानको नोक्सान भएको छ। यसरी उनी शीर्ष स्थानबाट बाहिर भएर छैटौं स्थानमा पुगेका छन्। कुनलावुत विटिडसार्न र एण्डर्स एण्टोनसेन पनि १-१ स्थान झरेर तेस्रो र चौथो स्थानमा पुगेका छन्। क्रिस्टो पोपोव ३ स्थान अघि बढ़ेर दोस्रो स्थानमा पुगेका छन्। नयाँ विश्व च्याम्पियन एलेक्स लेनियर पनि ३ स्थानको सुधार गरी सातौं स्थानमा पुगेका छन्। यसरी भारतका लक्ष्य सेन एक खुड़किलो अघि बढ़ेर १३औं र आयुष शेट्टी २ खुड़किलो अघि बढ़ेर २०औं स्थानमा पुगेका छन्।

About Author

Advertisement