खरसाङ: नेपाली फिल्म जगतका प्रसिद्ध निर्देशक, वरिष्ठ कलाकार नेपाली समाजका चर्चित नाम तुलसी घिमिरेलाई खरसाङको गाडीधुरमा भीम लकान्द्री स्मृति सम्मान पुरस्कार २०२६ प्रदान गरिएको छ। गाडीधुरा नवदीप परिवारको आयोजनामा गाडीधुरमा सम्पन्न 82 औं बलिदान दिवस श्रध्दाञ्जली कार्यक्रममा तुलसी घिमिरेलाई उक्त सम्मान पुरस्कार प्रदान गरिएको छ। यस अवसरमा उनलाई कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपस्थित सीके श्रेष्ठको बाहुलीबाट खदार्पणसहित दोसल्ला ओढाएर स्मृति चिन्ह, सम्मान पत्र, नगदराशिसहित ट्रोय ट्रेनको मोडेल पनि प्रदान गरिएको छ। यस भीम लकान्द्री स्मृति सम्मान पुरस्कार प्राप्त गरेपछि आफ्नो सम्बोधनमा तुलसी घिमिरेले गाडीधुरा नवदीप परिवारलाई हृदयबाट धन्यवाद दिएका छन्। उनले आफ्नो सम्बोधनमा भने, स्वतन्त्रता संग्राममा हाम्रो जातिको योगदानलाई बारम्बार भनिरहनुपर्छ। यसको लागि हाम्रो स्वतन्त्रता सेनानीहरुको ऐतिहासिक योगदान विषयमा खोजी गर्ने लेखकहरुले खोजी गरेर दिएको खण्डमा फिल्ममा उतार्नेछौं, फिल्म बनाउनेछौं। हामी फिल्म बनाउने भनेको सपनाको व्यापार गर्ने हौं। सपना जमा गर्छौं र फिल्ममा उतारेर बिक्री गर्छौं।’










