सिलगढीको हकर्स कर्नरमा आगलागी

IMG_20221023_145940.jpg

इलाकामा हलचल

सिलगढी: दीपावलीको दिन सिलगढीको हकर्स कर्नरमा अचानक आगलागी हुँदा चारैतिर त्रास फैलिएको छ। आगलागीको खबर पाएर दुईवटा दमकल घटनास्थलमा पुगेर आगो निभाउन थालेका छन्। आगो स्थानीयवासी र दमकलको सहयोगमा निकै प्रयासपछि नियन्त्रणमा आएको थियो। बजार क्षेत्रमा आगलागी भएको खबर पाएर सिलगढी पुलिस चौकीका प्रहरी पनि घटनास्थलमा पुगेर स्थितिको जानकारी लिएका थिए। जानकारी अनुसार सिलगढी हकर्स कर्नरमा रहेको प्लाष्टिकको पसलमा भीषण आगलागी भएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन। दुर्घटनामा कुनै हताहतीको खबर आएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement