नाम्ची: सिक्किम सरकारको विद्युत विभागले नाम्चीका विभिन्न क्षेत्रमा आगामी अगस्ट २९ र ३० (भदौ १३ र १४) गते विद्युत आपूर्ति बन्द रहने जनाएको छ। घुर्पिसे ६६/११ केभी सब-स्टेसनमा मर्मत तथा स्तरोन्नतिका लागि बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म बिजुली कटौटी गर्न लागिएको हो।
एडिबी प्याकेज-१ आयोजना अन्तर्गतका कामहरू समयमै सम्पन्न गर्नका लागि यो ‘पावर शटडाउन’ गरिएको विभागले जनाएको छ।
विद्युत कटौतीका कारण दामथाङ, घुर्पिसे, चुबा पर्बिङ, भञ्ज्याङ, बीएसएनएल/शाखा र बुल रोङ लगायतका क्षेत्रमा तोकिएको समयमा बिजुली आपूर्ति प्रभावित हुनेछ।





