पाक्योङमा सामाजिक कल्याण विभागद्वारा छात्रवृत्ति सम्बन्धी सचेतना तथा एनएसपी आवेदन तालिम सम्पन्न

FB_IMG_1787669480498

पाक्योङ: पाक्योङ जिल्ला प्रशासनिक केन्द्रको सभाहलमा सामाजिक कल्याण विभागको आयोजनामा राष्ट्रिय छात्रवृत्ति पोर्टल मार्फत उपलब्ध विभिन्न छात्रवृत्ति योजनाहरूबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ।
​सम्बन्धित विभाग तथा संस्थागत नोडल अधिकारीहरूलाई सामाजिक कल्याण विभागद्वारा सञ्चालित छात्रवृत्ति योजनाहरूबारे जानकारी गराउने र योग्य विद्यार्थीहरूसम्म यसको पहुँच पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा पाक्योङका जिल्ला प्रमुख परी बिश्नोई, अतिरिक्त जिल्ला प्रमुख (मुख्यालय) सबिन्द्र राई, एडीसी (विकास) साङ्गे ग्यात्सो भोटिया र एडीसी पुलकितको उपस्थिति रहेको थियो।
​सो अवसरमा सामाजिक कल्याण अधिकृत सुनिता दाहालले अनुसूचित जाति तथा जनजातिका विद्यार्थीका लागि प्रि-मेट्रिक र पोस्ट-मेट्रिक, तथा ओबीसी र ईबीसी विद्यार्थीका लागि पीएम यशस्वी पोस्ट-मेट्रिक छात्रवृत्तिबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले राष्ट्रिय छात्रवृत्ति पोर्टलमा आवेदन दिने अन्तिम मिति अगस्ट ३१, २०२६ सम्म रहेको बताउनुभयो।
​कार्यक्रममा एनएसपी ओटीआर एप र आधार फेस आरडी एपमार्फत आवेदन दिने प्रक्रिया, आवश्यक कागजात र दर्ता प्रणालीबारे जानकारी गराइनुका साथै भिडियो प्रदर्शन र विद्यालयका नोडल अधिकारीहरूका लागि व्यावहारिक (ह्यान्ड्स-अन) तालिमसमेत प्रदान गरिएको थियो।

About Author

Advertisement