माटीगाडा पुलिसद्वारा अवैध नदी उत्खननविरुद्ध कारबाही

FB_IMG_1787667269134

बालुवा लोड गरिएको डम्परसहित चालक गिरफ्तार

सिलगढी: सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत माटीगाडा प्रहरी चौकीले नदीजन्य पदार्थ (आरबीएम) को अवैध ओसारपसारविरुद्ध कडा कारबाही गरेको छ। अभियानका क्रममा प्रहरीले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी अवैध रूपमा उत्खनन गरिएको बालुवा लोड गरिएको १ (एक) वटा डम्पर जफत गरेको छ।

घटनामा संलग्न डम्पर चालक जगबन्धु बर्मनलाई नियन्त्रणमा लिई गिरफ्तार गरिएको छ। पक्राउ परेका व्यक्ति दार्जिलिङ जिल्लाको माटीगाडा, निमाईस्थित लालपुल बानियाखारीका निवासी हुन्।
​यस सम्बन्धमा माटीगाडा प्रहरी चौकीमा कानुनका सम्बन्धित धाराहरूअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।


About Author

Advertisement