सिलगढी: शहरका बजारमा पुलिस र खाद्य नियन्त्रण टोलीको अनुगमन

FB_IMG_1787651837757

मूल्य र गुणस्तरबारे ग्राहकसँग छलफल

सिलगढी: सिलगढी पुलिस कमिश्नरको टोलीले मंगलबार बिहान बजार अनुगमनका साथै उपभोक्ता तथा व्यवसायीहरूसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ।
​सिलगढी पुलिस कमिश्नरेट (पूर्वी क्षेत्र) का प्रहरी उप-आयुक्त (डिसिपी) राणा मुखर्जी (आईपीएस) को नेतृत्वमा खटिएको टोलीमा अन्य पुलिस अधिकारीका साथै खाद्य नियन्त्रण विभागका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। टोलीले सिलगढी थानाअन्तर्गतको विधान बजार लगायत अन्य प्रमुख बजारहरूको अनुगमन गरेको हो।
​अनुगमनका क्रममा टोलीले विभिन्न पसलहरूको निरीक्षण गर्दै दैनिक उपभोग्य वस्तु तथा खाद्य सामग्रीको मौज्दात, गुणस्तर र बजार मूल्यको वस्तुस्थितिबारे जानकारी लिएको छ। साथै, व्यवसायी र ग्राहकहरूसँग प्रत्यक्ष कुराकानी गरी बजारको अवस्थाबारे बुझिएको प्रहरीले जनाएको छ।
​बजारमा स्वच्छ व्यापार प्रवर्द्धन, पारदर्शिता, नियमको पालना तथा उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। नागरिकको हित रक्षा गर्दै निष्पक्ष, पारदर्शी र जवाफदेही बजार व्यवस्था सुनिश्चित गर्न सिलगढी पुलिस कमिश्नरेट प्रतिबद्ध रहेको जनाइएको छ।

https://www.facebook.com/share/v/1BTTZpRb71/

About Author

Advertisement