ला लीगाः रियल म्याड्रिडको अझ एउटा जीत

IMG-20221023-WA0124.jpg

२३ अक्टोबरः स्पेनिश ला लीगा फूटबलमा वर्तमान च्याम्पियन रियल म्याड्रिडले आफ्नो विजयाभियान जारी राख्यो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले सेविले विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। होम ग्राउण्ड सेण्टियागो बर्नब्यू-मा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडबाट स्टार मीडफिल्डर लुका मोड्रिचले पाँचौं, लुकास भासक्वेजले ७९औं र फेडेरिको भाल्भर्देले ८१औं मिनटमा गोल गरे। यसरी नै सेविलेबाट एरिक लामेलाले ५४औं मिनटमा गोल गरे। यस जीतपछि रियल ११ वटा म्याचमा ३१ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी नै १४औं स्थानमा रहने सेविलेसँग १० पोइण्ट रहेको छ। रियल म्याड्रिडले जीत हासिल गरे पनि लयमा रहने रियल सोसिएदाद चाहिँ भाल्लाडोलिड विरुद्ध ०-१-ले उलटफेरको शिकार बन्यो। विजेता टीमबाट म्याचमा सर्जियो लिओनले १६औं मिनटमा गोल गरे। यस हारपछि रियल सोसिएदाद ११ वटा म्याचमा २२ पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी नै भाल्लाडोलिड १४ पोइण्टको साथ ११औं स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा रायो भालेकानोले काडिजलाई ५-१-ले अनि मालोर्काले भेलेन्सियालाई २-१-ले पराजित गऱ्यो। भेलेन्सिया अहिले ११ वटा म्याचमा १५ पोइण्टको साथ नवौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement