एम्स्टलवीन: भारतीय पुरुष टोली एफआईएच हकी विश्व कपमा सेमिफाइनलको दौड़बाट बाहिर भयो। भारतीय पुरुष टोलीले सोमवार राति खेलिएको दोस्रो राउण्डको म्याचमा अर्जेण्टिनाविरुद्ध ३-५-ले हारको सामना गर्नु पऱ्यो। यसरी भारतीय महिला टोलीपछि भारतीय पुरुष टोलीको पनि विश्व कप जित्ने सपना भताभुंगै भयो। सेमिफाइनलको दौड़मा कायम रहन भारतलाई अर्जेण्टिनाविरुद्ध जसरी भए पनि जीतको आवश्यकता थियो तर टोलीले म्याच गुमायो। म्याचको अवधि भारतीय डिफेन्समा रहेको कमजोरी स्पष्ट देख्न सकियो अनि अर्जेण्टिनाले पूरा म्याचमा आफ्नो वर्चस्व कायम राख्यो। म्याचमा जोआक्वीन टोस्कानीले पहिलो मिनटमै अर्जेण्टिनालाई बढ़त दिलाए। त्यसपछि सातौं मिनटमा डेल्ला टोरेले पेनल्टी कर्नरबाट गोल गरी बढ़तलाई दोब्बर पारे। यसबीच सुखजीतले १०औं मिनटमा भारतलाई म्याचको पहिलो गोल दिलाए। अर्जेण्टिनाको तर्फबाट डोमेनेले ३३औं मिनटमा तेस्रो गोल गरे। उनले ४५औं मिनटमा व्यक्तिगत दोस्रो गोलको साथ स्कोर अर्जेण्टिनाको पक्षमा ४-१ पुऱ्याए। लोकास टोस्कानीले ५३औं मिनटमा अर्जेण्टिनाको तर्फबाट पाँचौं तथा अन्तिम गोल गरे। त्यसपछि सुखजीतले ५८औं र हार्दिकले ५९औं मिनटमा लगातार २ गोल गरे पनि भारतलाई बचाउन सकेनन्। भारत पूल ई-को अन्तिम स्थानमा रह्यो। भारतले यसअघि ईंग्ल्याण्ड र नीदरल्याण्ड्सविरुद्ध पनि हारको सामना गर्नु परेको थियो।










