प्रीमियर लीगः म्यानचेष्टर सिटीले जिते पनि लिभरपूलको हार

IMG_20221023_143938.jpg

२३ अक्टोबरः ईंग्लिश प्रीमियर लीग (ईपीएल)-मा म्यानचेष्टर सिटीले जीत हासिल गरे पनि लिभरपूल उलटफेरको शिकार बन्यो। यसरी नै चेल्सी र म्यानचेष्टर युनाइटेडबीच खेलिएको हाई भोल्टेज म्याच ड्र रह्यो। गत म्याचमा लिभरपूल विरुद्ध निराशाजनक हारको आघातबाट मुक्त हुँदा म्यानचेष्टर सिटीले शनिवार खेलिएको म्याचमा ब्राइटनलाई ३-१-ले पराजित गऱ्यो। ऐतिहाद स्टेडियममा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीबाट असाधारण लयमा रहने एर्लिंग हालाण्डले पहिलो हाफमै २ गोल गरे। नर्वेका यस स्ट्राईकरले २२औं र ४३औं मिनटमा गोल गरे। यसबाहेक केविन डी ब्रूएनले ७५औं मिनटमा गोल गरे। यसरी नै ब्राइटनबाट लिएण्ड्रो ट्रोसार्डले ५३औं मिनटमा गोल गरे। हालाण्डले ईपीएलको जारी सीजनमा अहिलेसम्म १५ गोल गरिसकेका छन्। यस जीतको साथै म्यानचेष्टर सिटी ११ वटा म्याचमा २६ पोइण्टको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी नै आठौं स्थानमा रहने ब्राइटनसँग १५ पोइण्ट रहेको छ।
गत म्याचमा म्यानचेष्टर सिटी विरुद्ध रोमाञ्चक जीत हासिल गर्ने लिभरपूल चाहिँ तल्लो स्तरको टीम नटिंघम फरेष्ट विरुद्ध १-०-को लाजमर्दो हारको सम्मुखीन भयो। प्रीमियर लीगको जारी सीजनमा नटिंघम फरेष्टको यो केवल दोस्रो जीत हो। म्याचमा ७६ प्रतिशत पोजेशनको साथ खेले पनि लिभरपूलले गोल गर्न सकेन। विजेता टीमबाट म्याचको एकमात्र गोल टाइवो एवोनियीले ५५औं मिनटमा छिराए। यस हारपछि लिभरपूल १६ पोइण्टको साथ सातौं स्थानमा रहन पुग्यो।

यसरी नै २० वटा टीमबीच फेदबाट दोस्रो स्थानमा रहने नटिंघम फरेष्टसँग ९ पोइण्ट रहेको छ। यसबीच चेल्सी र म्यानचेष्टर युनाइटेडबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा ४७ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट जोर्गिन्होले ८७औं मिनटमा पेनल्टीबाट गोल गरे। त्यसपछि कासेमिरोले स्टपेज टाइमको चौथो मिनटमा गोल गरी म्यानचेष्टर युनाइटेडलाई हार्नदेखि बचाए। चेल्सी अहिले २१ पोइण्टको साथ चौथो स्थानमा रहेको छ। यसरी नै पाँचौं स्थानमा रहने म्यानचेष्टर युनाइटेडसँग २० पोइण्ट रहेको छ। प्रीमियर लीगको अन्य एउटा म्याचमा एभर्टनले क्रिस्टल प्यालेस विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। एभर्टन अहिले १३ वटा म्याचमा १३ पोइण्टको साथ 11औं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement