सलोनी राई स्मृति नक्आउट फूटबलः दुईवटा सेमिफाइनल र फाइनलको मिति परिवर्तन

IMG-20221023-WA0114.jpg

२३ अक्टोबरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टको फाइनल ६ नोभेम्बरमा हुनेछ। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा जारी यस टुर्नामेण्टको दुईवटा सेमिफाइनल र फाइनल म्याचको मितिमा फेरबदल गरिएको छ। मैदानको खराब स्थितिले गर्दा टुर्नामेण्टका अन्तिम तीनवटा म्याचको कार्यक्रममा फेरबदल गरिएको आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्। अब १ नोभेम्बरको दिन खेलिने पहिलो सेमिफाइनलमा कालीझोड़ा युवा परिवार र युनाइटेड ब्रदर्स मानेभञ्ज्यांगबीच भिड़न्त हुनेछ। यसरी नै प्रशान्ति ग्राम मंगपू र शक्ति संघ कालीझोड़ाबीच दोस्रो सेमिफाइनल ४ नोभेम्बरमा खेलिनेछ। यी दुईवटा म्याचको विजेताबीच ६ नोभेम्बरको दिन फाइनल म्याच खेलिनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement