गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल राघुल के-ले जिल्लाका सेक्टर मेजिस्ट्रेट र पुलिस अधिकारीहरूलाई लिएर एक समीक्षात्मक सभा आयोजना गरे। आगामी १० नोभेम्बरमा सम्पन्न हुने पञ्चायत चुनाउको तयारीबारे दोस्रो समीक्षा सभा आयोजना गरिएको हो। जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा आयोजित सभालाई सम्बोधन गर्दै जिल्लापाल राघुल के- ले पञ्चायत चुनाउलाई स्वतन्त्रता र निष्पक्षरूपमा सम्पन्न गराउन सेक्टर मेजिस्ट्रेट र पुलिस अधिकारीहरूक भूमिकाबारे अवगत गराए। उनले थप जानकारी गराए अनुसार गान्तोक जिल्लामा कूल १३० वटा पोलिङ स्टेशन रहेको र ५८ हजार २३८ जना मतदाता रहेका छन्। उनको भनाइ अनुसार १३० वटा ग्राम पञ्चायत मध्ये ३२ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने ९८ वार्डमा चुनाउ हुने भएको छ। उनले सेक्ट्रर मेजिस्ट्रेट र पुलिस अधिकारीहरूलाई चुनाउको समयमा सबै पोलिङ स्टेसनहरूको क्रमबद्धरूपमा निरीक्षण गरिनु पर्ने सुझाउ दिएका छन्। उम्मेद्वारहरूले केवल ८ नोभेम्बरको ५ बजीसम्म मात्र चुनाउको निम्ति प्रचार प्रसार गर्न पाउने छन्।