गेजिङ: पश्चिम सिक्किमको जिल्ला अन्तर्गत पञ्चायत चुनाव २०२२ को लागि उम्मेदवारहरुले दर्ता गराएको उम्मेदवारी फिर्ता लिने कार्य हिजो जिल्ला प्रशासनिक केन्द्र रापदेञ्ची जिल्ला अधिकारी सह निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको थियो। गेजिङ जिल्ला अन्तर्गत १८ प्रादेशिक निर्वाचन क्षेत्रमा ८२ स्वतन्त्र उम्मेदवारले नामाङकन बुझाएका थिए भने ९ जनाले नाम फिर्ता लिएका छन। २ कोङ्गरी टाशीडिङ उम्मेदवार निर्विरोध घोषित भइसकेका छन। रहल ७२ उम्मेदवार चुनावी मैदानमा छन। त्यसैगरी ग्राम पञ्चायत २९४ वार्ड रहेका ३३ ग्राम पञ्चायतमा कुल ३९२ ले नामाङकन दर्ता गरेका थिए भने 48 उम्मेदवारले फिर्ता लिएका छन्। ७३ उम्मेदवार निर्विरोध घोषित भइसकेका छन। अब २७० जना मैदानमा उत्रिएका छन। जिल्लामा कुल मतदाता संख्या ५८ हजार ११७ रहेको छ जसमा महिला २७ हजार ८५७ र पुरुष ३० हजार २ सय ६० मतदाता रहेका छन्। निर्वाचनमा उम्मेदवारहरुलाई आदर्श आचारसंहिता, परिचयपत्र र चिन्हको प्रतिलिपी वितरण गरिसकेको छ।