इस्टर्न इन्डियान जोन बडी बिल्डिङ प्रतियोगितामा राज्यबाट ५ जनाले सहभागी जनाउने

IMG-20221022-WA0284.jpg

गान्तोक: आगामी १२-१४ अक्टोबरसम्म कलकत्तामा हुने इस्टर्न इन्डियान जोन बडी बिल्डिङ प्रतियोगितामा सिक्किम राज्यका कूल ५ जनाले सहभागी जनाउने भएका छन्। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम बडी विल्डर्स एसोसिएशनका महासचिव पेमा डब्ल्यू भोटियाले उक्त जानकारी गराएका हुन्। उनले जानकरी गराए अनुसार सो प्रतियोगितामा सिक्किमबाट कूल पाँच जनाले सहभागिता जनाउने भएका छन्, जसमा तीनजना पुरूष र दुई जना महिला रहेका छन्। सो प्रतियोगितामा राज्यका अनुभवी खेलाडीहरूले सहभागी जनाउने भएको कारण सिक्किमले अवश्य पनि पदक ल्याउन सक्ने उनले सम्भावना व्यक्त गेरका छन्। उक्त प्रतियोगिताको निम्ति हाल तयारी चलिरहेको पनि भोटियाले थप जानकारी गराएका छन्। यस अवसरमा उपाध्यक्ष योगेश राईले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement