तकदाहः तक्दाह-टिस्टा भेल्ली समष्टि क्षेत्रको तकदाह इञ्जिनियरिङ कलेज परिसरमा दिपावाली मेलाको क्षेत्रीय सभासद् ढेण्डुप पाख्रीनले आज विधिवत् रूपमा उद्घाटन गरे। आयोजक समितिले सभासद ढेण्डुप पाख्रीनलाई मेलाको उद्घाटन अवसरमा भव्य स्वागत जनायो। सभासदले रिबन काटेर मेलाको विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा युवा नेतृत्वहरू रिवाज प्रधान, बादल देवान, रोजन राई आदि उपस्थित थिए।