बालासन कप शुरुः सोनादा पचेंग समष्टि विजयी

IMG_20221022_212157.jpg

२२ अक्टोबरः नव मिलन परिवार, धोतरिया बालासन पुल बजारको तत्त्वावधानमा आयोजित बालासन कप फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। इण्टेक नजिक धोतरिया बालासन पुल बजार खेल मैदानमा आज भएको उद्घाटन म्याचमा सोनादा पचेंग समष्टिले परिवर्तन क्लबलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो।नियमित समयको खेलमा परिवर्तन क्लबबाट प्रज्वल राईले १९औं र सञ्जोग राईले २३औं मिनटमा गोल गरे। मध्यान्तरसम्म २ गोलले पछि रहने सोनादा पचेंग समष्टिबाट नेहाल तामाङले तेस्रो अनि अयांश मग्रातीले १६औं मिनटमा गोल गरे। विजेता टीमका निखिल तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। आज सुदिन स्पोर्टिंग क्लब र गोराबारी ८ माईलबीच म्याच रहे पनि समयको कमीले गर्दा त्यस म्याचको मिति पछि सारिएको आयोजक समितिले जनाएको छ। आज मुख्य अतिथिको रूपमा राजेश चौहान (डेपुटी चेयरम्यान, जीटीए) अनि समिरुल इस्लाम (बीडीओ, जोरबंग्लो सुकिया पोखरी) उपस्थित थिए। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र १५ जनवरी २०२३-मा खेलिनेछ। यसरी नै फाइनल २२ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement