सिलगढी: कश्मीरमा ऐतिहासिक रूपले एकातिर पन्छाइएका जातिहरूलाई समान अवसर प्रदान गर्न निर्णायक पाइलाहरू पहल गरेको भन्दै सांसद राजु बिष्टले प्रधानमन्त्री र गृहमन्त्री अमित शाहप्रति आभार प्रकट गरेका छन्l सो बारेमा गोर्खा जातिको तर्फबाट आभार प्रकट गरेको उनले बताएका छन्l यस बारेमा प्रेस विज्ञप्ति जारी गरेर उनले भने, ‘जतिको जम्मू-कश्मीर सरकारद्वारा अल्पसंख्यक गोर्खा जातिसमेत १५ नयाँ समूहहरूलाई केन्द्र प्रशासित क्षेत्रमा ‘सामाजिक जाति’ सूचीमा राख्न गरिएको निर्णय स्वागतनीय छ। यसमा सामेल हुनुका साथै यी जातिहरूले अब रोजगार अनि शिक्षामा आरक्षणका लाभहरू पाउनेछन्l’
‘पुस्तौंदेखि, जम्मू-कश्मीरमा बसोबास गर्ने गोर्खा तथा अन्य जातिहरूलाई उनीहरूका अधिवास प्रमाणपत्र अधिकारबाट वञ्चित राखिएको थियो। तर प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको सरकारलाई धन्यवाद छl यसले २०१९ मा भेदभावजनक अनुच्छेद ३७० लाई रद्द गरेर गोर्खा तथा अन्य अलपसंख्यहरूविरुद्ध ऐतिहासिक रूपमा हुँदै आएको भेदभावलाई समाप्त गरेको छ, अनि उनीहरूले अन्ततः न्याय पाइरहेका छन्’, उनले भने। प्रधानमन्त्री मोदीको नेतृत्वमा जम्मू-कश्मीरले विकासका नयाँ प्रतिमान स्थापित गरिरहेको अनि राज्य एकपटक फेरि आफ्नो पुरानो गौरव- धरतीमा स्वर्गको दिशामा फर्किरहेको उनको भनाइ छ। उनले अझ भने, ‘यस निर्णयले भारतभरका गोर्खाहरू निम्ति न्याय सुनिश्चित गर्ने भाजपा सरकारको वचनबद्धतालाई पनि रेखांकित गर्दछ, तथा दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका हाम्रा जनतालाई खुशी हुने तथा आशान्वित हुने कारण प्रदान गर्दछl’









