पाकिम: आज विधायक एम प्रसाद शर्माले आसाम लिङ्जे उच्चतर माध्यमिक विद्यालय नजिक रहेको लिन्जे राई गाउॅंमा धनबहादुर राईको घर भ्रमण गरे। शुक्रवार राति लगभग १० बजी आगलागीमा राईको घर जलेर खरानी भएको थियो।
विधायक शर्माले पीडित परिवारलाई आफ्नो तर्फबाट हर सम्भव सहयोगको आश्वासन दिए। उनले पीडित परिवारलाई तत्काल राहत दिन सम्बन्धित विभागका अधिकारीहरूलाई अविलम्ब कार्यवाही गर्न निर्देश दिए।
विधायक शर्मासॅंग आबकारी विभागका चेयरपर्सन गान्जा भोटिया, डीपीओ सोनाम जाङ्गपो भोटिया र सरकारी अधिकारीहरू पनि गएका थिए।









