लङ्भ्यु चियाबारीमा तिहारपछि खर्च र पाँच प्रतिशत बोनस दिने

IMG_20221022_195158.jpg

श्रमिकहरूको समस्या समाधान नगरे सभासद कल्पना प्रधान पनि श्रमिकहरूसितै अनशनमा बस्ने

खरसाङ: खरसाङको लङ्भ्यु चियाबारीमा दिपावलीपछि रहल रहेको सेप्टेम्बर महिनाको खर्च साथै स्टाफ अनि सव-स्टाफहरूको रहर तलब अक्टोबर महिनामा भुक्तान गरिने साथै रहल रहेको 5 प्रतिशत बोनस नोभेम्बर महिनाको पहिलो हप्ता भुक्तान गरिने जानकारी प्राप्त भएको छ। आज पंखबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान लंगभ्यु चियाबारीको कार्यालयमा प्रबन्धक साथै चियाबगानका बड़ा बाबुबाट श्रमिकहरूले पाउन पर्ने रहल रकम र बोनसबारे जानकारी लिएपछि उनले चियाबारीका मालिक, जीटीए प्रमुख कार्यपाल अनित थापा साथै दार्जिलिङ जिल्ला शासकसंग सम्पर्क गरी उक्त रहल रकम चाँड़ै भुक्तान गरिदिने अनुरोध गरिन्। यसको साथै उनले उक्त रकम भुक्तान नगरिएको खण्डमा श्रमिकवर्गसंग आफू पनि धर्नामा बस्ने चेतावनी दिएका छन्। चियाबारी दैनिक रुपमा धाटामा चलिरहेको भएतापनि उक्त रहल रकम चाँडै़ भुक्तान गर्न मालिक पक्ष राजी भएका कार्यकारी सभासद कल्पना प्रधानले जनाएकी छिन्। उनले बगानको शोचनीय अवस्थालाई सुधार गर्न श्रमिक संगठन साथै चियाबारी प्रबन्धकलाई सहयोग गर्न आफू सदैव तयार रहेकी बताइन्।
कार्यकारी सभासद कल्पना प्रधानले अम्बटे चियाबारीका समस्या समाधान गरिदिनु भएकोमा साथ श्रमिकहरूले दिपावली अघि रहल १०% बोनस दिलाउन सफल भएकोमा जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति धेरै धेरै धन्यवाद अनि कृतज्ञता प्रकट गरेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement