सिलगढी: सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत बाग्डोगरा थानाको टोलीले २७० ग्राम प्रतिबन्धित लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा बागडाेगरा थाना पुलिसले दार्जिलिङ जिल्लास्थित मुनी चिया बगान क्षेत्रमा छापा मारेर एउटा चारपांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको थियो। सोही सवारी साधनबाट भारत बिहारको किशनगञ्ज जिल्ला निवासी २६ वर्षीय दीपककुमार राय र २७ वर्षीय मोहसिनलाई पुलिसले पक्राउ गरेको हो।
तलासीका क्रममा उनीहरूको साथबाट २७० ग्राम संदिग्ध ब्राउन सुगर र एउटा एन्ड्रोइड मोबाइल फोन बरामद गरिएको पुलिसले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषध ऐन (एनपीडीएस एक्टt) अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।









