खरसाङ: खरसाङ महकुमा अन्तर्गत युनाईटेड घुम्ती स्पोर्टिङ क्लबको आयोजनामा सम्पन्न भईरहेको फुटबल टुर्नामेन्टको आज खेलिएको खेलमा सकातार एफसी र आरियन सेभेन खरसाङले आफ्नो आफ्नो खेल जितेर क्वाटर फाइनलमा प्रवेस गरेको छ। युनाईटेड घुम्ती स्पोर्टिङ क्लबको आयोजनामा गत २५ सेप्टेम्बरदेखि भईरहेको नगदराशि खुल्ला फुटबल टुर्नामेन्टमा बिजेता दललाई एक लाख अनि उप विजेता दललाई पचास हजार प्रदान गरिने भएको छ। आजको पहिलो खेल साकातार एफसी बनाम नो लिमिट एफसीमाझ सम्पन्न भएको थियो। यस खेलमा ०-४ को अन्तरले साकातार एफसीले जीत दर्ता गरी क्वाटर फाईनलमा आफ्नो स्थान बनाएको छ। विजेता दलबाट युवसेन, सुजल ,अनुज अनि तेन्जिङले एक,एक गोल गरेका थिए। त्यसरी नै दोस्रो खेल सिलगढी सलेसन कलेज बनाम आरियन सेभेन खरसाङमाझ सम्पन्न भयो। यस खेल खूबै रोमाञ्चक हुने आशा लिएर दर्शकहरू धेरै उपस्थित भएका थियो तर खेल एकतर्फी भएको कारणले दर्शकहरू निराश बनेर फर्किनु पार्यो किन कि आरयन सेभेन खरसाङले पहिलो हाफदेखि नै दबाव बनाएर अन्तिम निर्णायक समयसम्म पनि दबाऊमा रहेर कुनै गोल गर्न नसक्दा ०-४ को अन्तरले आरियन सेभेन खरसाङले क्वाटर फाईनलमा प्रवेश गरेको छ। आरयन सेभेन खरसाङबाट अलकेश तामाङ(२) गोल,तुसान्त थापा (१) गोल अनि युगल तामाङले(१) गोल गरेका थियोे। विशेष दोस्रो चरणको अन्तिम दुईवटा खेल धेरै धेरै रोमाञ्चक रहने सबैले अडकल काटेका छन्। भोलि हुने खेल अन्तर्गत प्रथम खेल चाँद एफसी बनाम अगापे रोहिणीमाझ हुनेछ। यस खेलमा रोहिणीको दलबाट झापा नेपालका खेलाडीहरू समावेश गरिएको जान्न आएको छ। त्यसरी नै दोस्रो खेल ऋषि सेभेन बनाम रोयल एफसी मान्नाबीच घमासान हुनेछ भन्ने आयोजक समितिको पक्षबाट सचिव प्रवीण दर्नालले जानकारी गराएका छन्।









