चुनाउ परिणामपछि भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकोे पहिलो सभा सम्पन्न

IMG-20260818-WA0350

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कोर कमिटीको सांगठनिक सभा पार्टी महकुमा कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा चुनाव परिणामपछि पहिलोपटक सम्पन्न भएको छ। खरसाङ टाउन कमिटीका नव नियुक्त अध्यक्ष बीरबल पाख्रिनकोे अध्यक्षतामा सम्पन्न भएको सभालाई टाउन कमिटीका सह सचिव विकाश तामाङले सञ्चालन गरेका थिए। सभामा टाउन कमिटीका उपाध्यक्ष सन्तोष परीले आफ्नो वक्तव्यमा टाउन कमिटीका नव नितुक्त अध्यक्ष बीरबल पाख्रिन अनि मूल सचिव राजु सेवालाई बधाई दिँदै टाउन कमिटी हिजाे पनि अनित थापा तथा कर्म नै सिद्धान्तलाई अप्नाएर सँगै छौं र भोलि पनि रहने छौं भन्दै सम्बोधन गरे साथै नव नियुक्त अध्यक्ष बीरबल पाख्रिनलाई खदा लाएर स्वागत जनाए। सभामा टाउन कमिटीका कार्यकारीणी सदस्य किरन छेत्रीकोे बाहुलीबाट टाउन कमिटीका नव नियुक्त मूल सचिव राजु सेवालाई खदा लगाएर स्वागत जनाए। सभामा वक्तव्य दिने क्रममा टाउन कमिटीका उपाध्यक्ष रञ्जन गजमेर, कार्यकारीणी सदस्य महिपाल खाती, आनन्द गुरुङ, कमल सिलवालले राखे भने नव नियुक्त मूल सचिव राजु सेवाले वक्तव्य राख्दै उपस्थित हुने सम्पूर्ण प्रतिनिधिहरूलाई हरियो पात भन्दै स्वागत जनाए। उनले जो जति गए उनीहरु पहेंलो पात थिए र उनीहरुले केही पाउँछु भनेर गएका होलान्। तर आज जो यहाँ जति छन् यी सबै पार्टी अध्यक्ष अनित थापाकाे कार्य शैली, सिद्धान्तलाई सहहृदय अप्नाएको बताए। खरसाङ महकुमा समितिकोे परामर्शमा वार्ड नम्बर १७ निवासी कुनाल छेत्रीलाई टाउन कमिटीमा सांगठनिक सचिवकाे पदभार खदा लगाई नियुक्ति पत्र प्रदान गरिएको छ। सभाध्यक्ष टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनले सांगठनिक सुझाव राख्दै सभामा सम्बोधनसंगै सभा समाप्तिकोे घोषणा गरेका थिए।

About Author

Advertisement