सलमान खानलाई पनि मार्ने धम्की दिएका थिए!

Salman-Khan

नयाँ दिल्ली: पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धु मूसेवालाको आइतबार साँझ गोली हानी हत्या गरिएको छ। ग्याङ्स्टर लरेन्स बिश्नोई र गोल्डी ब्रारले हत्याको जिम्मेवारी लिएका छन्। पञ्जाब पुलिस डीजीपी वीके भावराले मूसेवाला हत्या प्रकरणमा लरेन्स बिश्नोईलाई पनि नाम दिएका छन् र भनेका छन् कि गायकको हत्या गिरोहहरू बीचको आपसी शत्रुताको परिणाम हो। सिद्धु मुसेवालाको हत्यामा नाम आउने लरेन्स बिश्नोई कुख्यात बदमाश हुन्। पञ्जाब बाहेक यसका गिरोहका सदस्य दिल्ली, हरियाणा, राजस्थान र हिमाचल प्रदेशमा छन्।

लरेन्स बिश्नोई हाल दिल्लीको तिहाड जेलमा छन्, तर यसका बाबजुद उनी आफ्नो गिरोह सञ्चालन गर्छन्। सन् २०१८ मा बलिउड अभिनेता सलमान खान जेलमा रहेका बेला लरेन्स बिश्नोईले ज्यान मार्ने धम्की दिएका थिए। लरेन्स बिश्नोई गिरोहका गुण्डा सम्पत नेहराले सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टको रेकेस गरेका थिए तर अपराध गर्नुअघि नै उनी हरियाणा पुलिसद्वारा पक्रा परेका थिएl

About Author

Advertisement