मंगपू गोल्ड कपः दार्जीलिङ पुलिस फाइनलमा

IMG_20221022_183113.jpg

२२ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा दार्जीलिङ पुलिसले आफ्नो विजयाभियान जारी राख्दै फाइनलमा स्थान बनायो। मंगपू जन मैदानमा शनिवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा दार्जीलिङ पुलिसले नर्थ बेंगल आर्म्ड पुलिस (डाबग्राम)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट वांगचुक तामाङ र शुभम (हर्के) लामाले १-१ गोल गरे । यसरी नै नर्थ बेंगल आर्म्ड पुलिसबाट नितेन लामाले गोल गरे। अब आइतवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा आमुक्त परिवार र ईष्टर्न रेलवे (कलकत्ता)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल ३० अक्टोबरमा हुनेछ।

टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement