टेस्ट कप्तान रुटलाई समर्थन दिन तयार ह्यारी ब्रूक

IMG-20260818-WA0099

लण्डन: बेन स्टोक्स र ब्रेण्डन म्याककुलमले पद छोड़ेपछि ईंग्ल्याण्डको टेस्ट क्रिकेट इतिहासमा नयाँ युगको शुरुवात हुन गइरहेको छ। यस्तो स्थितिमा अनुभवी ब्याटर ह्यारी ब्रूकले कप्तानको भूमिकामा जो रुटको पुनरागमनलाई समर्थन गरेका छन्। ईंग्ल्याण्ड १९ अगस्तदेखि शुरु हुने ३ वटा टेस्ट म्याचको सीरीजमा पाकिस्तानको सामना गर्न तयार छ अनि रुटलाई फेरि एकपल्ट कप्तानी गरिरहेको देखिनेछ। स्टोक्सले सन्न्यास लिँदा टेस्ट टोलीमा उपकप्तानको भूमिका निर्वाह गरिरहेका ब्रूकले रुटलाई फेरि कप्तान नियुक्त गर्ने अनि वेलिंगटनमा नाइट क्लबको घटनाले गर्दा टेस्ट टोलीको कप्तानी गुमाएको सम्भावनाहरूबारे कुरा गरेका छन्। ब्रूकले भने, साँचो कुरा भन्नु हो भने मलाई थाहा छैन। म यसलाई त्यस दृष्टिकोणले हेर्दिनँ। रुटलाई कप्तान बनाउने फसेला सही हो। उनले टोलीको निम्ति के गर्न सक्छन् भन्ने हेर्न म उत्साहित छु। उनी यस कामलाई सम्हाल्नको निम्ति निश्चित रूपले सही व्यक्ति हुन्। म उनीसँग काम गर्न उत्सुक छु। उल्लेखनीय छ, सेतो बलको प्रारूपहरूमा ब्रूक ईंग्ल्याण्डका कप्तान हुन् अनि २०२२-मा टेस्ट पदार्पण गरेपछि उनले यस प्रारूपमा सर्वाधिक रन बनाएका छन्। पाकिस्तान र न्यूजील्याण्ड यात्रामा उनको प्रदर्शन असाधारण रहेको थियो, जहाँ उनले ८४.१० र ७५.४४०-को औसतले रन बनाएका थिए। यसबीच अक्टोबर २०२५-मा नाइट क्लबमा बाउन्सरसँग भएको झगड़ापछि चाहिँ उनले मुश्किल समयको सामना गर्नु परेको थियो। उनले भने, त्यो एउटा मुश्किल समय थियो। विशेषगरी घर फर्किएर मीडियाको सामना गर्नु सजिलो थिएन। मेरो विचारमा त्यस समय मेरो मानसिकता सही रहेको थियो। मैदानमा गएर प्रदर्शन गर्नु अनि सेतो बलको टोलीलाई असल तरिकाले सम्हाल्नु। यसैकारण मलाई आफू अनि आफ्नो टोलीमाथि गर्व छ। यसले मलाई सहायता पुग्यो भन्नु चाहेको होइन तर यसले मलाई ईंग्ल्याण्डको कप्तान हुनु कति ठूलो कुरा हो भन्ने अनुभव गरायो। यो केवल मैदानमा नेतृत्व गर्ने कुरा होइन। मैदान बाहिर पनि जिम्मेवारीको साथ नेतृत्व गर्न सके त्यसले ठूलो फरक पर्छ। उल्लेखनीय छ, नाइट क्लबको विवादपछि ईसीबी (ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड)-ले ब्रूकमाथि जरिमाना लगाउनको साथै चेताउनी पनि दिएको थियो तर उनलाई कप्तानको भूमिकामा कायम राखेको थियो। ईंग्ल्याण्डले ब्रूककै कप्तानीमा टी२० विश्व कप २०२६-मा खेल्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। यसबीच अष्ट्रेलियामा भएको एशेज सीरीजमा चाहिँ ब्रूकको प्रदर्शन निराशाजनक रह्यो, जसमा ईंग्ल्याण्डले १-४-ले हारको सामना गर्नु पऱ्यो। उनले १० वटा ईनिंग्समा ३९.७८-को औसतले केवल ३५८ रन बनाए। उनको शट्हरूको चयनलाई लिएर निक्कै आलोचना पनि भएको थियो। यसबारे ब्रूकले भने, तपाईंको प्रदर्शनले समर्थकहरू निराश हुन्छन् भने तपाईंलाई झन कति नराम्रो लाग्छ भन्ने सोच्नुहोस्। जति नै अभ्यास गरे पनि कहिले काहीँ नतीजा चाहेको जस्तो हुँदैन अनि धेरैपल्ट भाग्यले पनि साथ दिँदैन। यसैकारण म गल्तीहरूबाट शिक्षा लिएर अघि बढ़न चाहन्छु।

About Author

Advertisement