सांसद राजु विष्टद्वारा कुमानी मोडलगायत क्षेत्रको भ्रमण, कार्यकर्ता र सर्वसाधारणद्वारा भव्य स्वागत

FB_IMG_1786979017763

सिलगढी: दार्जिलिङका सांसद राजु विष्टले कुमानी मोड र गैरीबास क्षेत्रको भ्रमण गरी त्यहाँका बासिन्दा तथा पार्टी कार्यकर्ताहरूसँग भेटघाट गरेका छन्। भ्रमणका क्रममा स्थानीयवासीले उनलाई न्यानो आतिथ्यताका साथ भव्य स्वागत गरेका थिए।
​सांसद विष्टले पहाड र तराईको सङ्गमस्थलका रूपमा रहेका कुमानी मोड र गैरीबास क्षेत्र डुवर्सको हरियाली, सुन्दर जङ्गल र घुमाउरो बाटोले भरिपूर्ण रहेको बताएका छन्। प्राकृतिक सौन्दर्यसँगै त्यहाँका मानिसहरूको आत्मीयता र मायाले उक्त क्षेत्रलाई अझ खास बनाएको उनले उल्लेख गरे।

कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) तथा गठबन्धन दलका कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो। भेटघाटका क्रममा सांसद विष्टले कार्यकर्ताहरूको निरन्तर सहयोग र समर्पणका लागि धन्यवाद ज्ञापन गर्दै जनता र क्षेत्रको विकासका लागि अझ सशक्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

About Author

Advertisement