नयाँ दिल्ली: एशियाई खेलहरूमा यसपाली गत संस्करणको तुलनामा भारतीय दल सानो रहनेछ। हांगझोउ एशियाडमा भारतले ४० वटा खेलहरूका निम्ति ६६१ सदस्यीय दल पठाएको थियो तर यसपाली भारतीय ओलम्पिक संघ (आईओए)-ले ३६ वटा खेलहरूमा ५०४ जना खेलाड़ी उतार्न सरकारसँग मञ्जुरी मागेको छ। यसमा २७५ जना पुरुष र २२९ जना महिला खेलाड़ी सामेल छन्। खेल मन्त्रालयको मञ्जुरीपछि भारतीय दलको संख्या या सामान्य कम्ती हुनेछ या फेरि यसमा मामूली बढ़ोत्तरी हुनेछ। एशियाडको निम्ति ५०४ जना खेलाड़ीहरूका साथमा १६७ जना प्रशिक्षण र सहयोगी स्टाफ बाहेक ६८ जना अतिरिक्त टीम अफिसियल्सको निम्ति पनि मञ्जुरी मागिएको छ। क्रिकेटको सफलतालाई ध्यानमा राखेर गत एशियाडमा स्वर्ण पदक जित्ने पुरुष र महिला टोलीको साथमा सबैभन्दा ठूलो सपोर्ट स्टाफ दल जानेछ। बीसीसीआईले पुरुष वर्गमा १५ अनि महिला वर्गमा १५ सदस्यीय टोलीको साथमा १०-१० जना सपोर्ट स्टाफ पठाउने फसेला गरेको छ। यसरी गत एशियाडमा देशको निम्ति सर्वाधिक ७ वटा स्वर्णसहित २२ वटा पदक जित्ने शूटिंग दल पनि ३० सदस्यीय रहेको छछ तर यस खेलको निम्ति केवल १५ सदस्यीय सपोर्ट स्टाफको माग गरिएको छ।
श्रेयस अय्यरको कप्तानीमा खेल्ने पुरुष क्रिकेट टोलीको निम्ति भीभीएस लक्ष्मणलाई प्रशिक्षक नियुक्त गरिएको छ। यसरी टोलीसँग सेण्टर अफ एक्सीलेन्समा स्पिन बलिंग प्रशिक्षक तथा पूर्व टेस्ट क्रिकेटर सुनिल जोशी बलिंग प्रशिक्षक र अण्डर-१९ स्तरका डेवलपमेण्ट प्रशिक्षक रिषिकेत कानितकर ब्याटिंग प्रशिक्षक हुनेछन्। महिला क्रिकेट टोली अमोल मजूमदारको प्रशिक्षणमा जानेछ। यसरी अविष्कार साल्वी बलिंग र मुनीष बाला फील्डिंग प्रशिक्षक हुनेछन्। पुरुष टोलीका फील्डिंग प्रशिक्षक शुभदीप घोष हुनेछन्। नियमहरू अनुसार, टोलीका सदस्यहरूमा ३३ प्रतिशत सपोर्ट स्टाफ हुन्छन्। बीसीसीआईले पुुरुष र महिला टोलीका ३० सदस्यीय दलको निम्ति १० जना सपोर्ट स्टाफ दिएको छ जबकि १० जना अतिरिक्त सपोर्ट स्टाफ अतिरिक्त टीम अफिसियल्सको रूपमा मागेको छ। यसरी ५०४ जना खेलाड़ी, १६७ जना सपोर्ट स्टाफ र ६९ जना अतिरिक्त टीम अफिसियल्स मिलाएर जम्मा ७४० सदस्यीय दल बनिन्छ। यसमा शेफ डी मिशन सहदेव यादवको अगुवाईमा १९ सदस्यीय आईओए दल पनि सामेल हुनेछ। यस दृष्टिकोणले आईओए-ले सरकारसँग जम्मा ७५९ सदस्यीय दलको मञ्जुरी मागेको छ। आईओए दलमा ४ जना डेपुटी शेफ डी मिशन, डा. दिनशा पारदीवालाको अगुवाईमा ६ सदस्यीय मेडिकल स्टाफ र दुईजना प्रेसका सदस्य पनि सामेल हुनेछन्। आईओए-ले एशियाई खेलहरूमा भारतीय दल पठाउने अनुमानित लागत २२.६ करो़ड रुपियाँ लगाएको छ। यसमा सेरिमोनियल किट, प्लेईंग किट, हात खर्च, टिकट र बीमाको खर्च पनि सामेल छ। सबैभन्दा ठूलो दल एथलेटिक्सको हुनेछ, जसमा ७२ जना एथलीट र २६ जना सपोर्ट स्टाफ सामेल छन्। एथलेटिक्समाथि ३ करोड़ रुपियाँ खर्च गरिनेछ जबकि क्रिकेटको ५० सदस्यीय दलमाथि १ करोड़ ८४ लाख रुपियाँ खर्च आउनेछ। यसबाहेक ५८ सदस्यीय हकी दलमाथि २ करोड़भन्दा अधिक अनि शूटिंगमाथि लगभग १.५ करोड़ रुपियाँ खर्च आउनेछ।









