महानदीमा रक्तदान शिविर सम्पन्न

IMG-20260817-WA0092

खरसाङ: “हाम्रो घुम्ती” र रेड क्रस सोसाइटी, खरसाङको संयुक्त आयोजनामा महानदी वेलफेयर सेन्टरमा रक्तदान शिविर सम्पन्न भयो। उक्त रक्तदान शिविरमा “हाम्रो घुम्ती”का अध्यक्ष दिपेन तामाङ तथा सचिव रञ्जित प्रधानको नेतृत्वमा सदस्यहरू सजन राई, प्रिति प्रधान, तेरेसा लेप्चा र अमर सुब्बाको उपस्थिति रहेको थियो।त्यसैगरी, रेड क्रस सोसाइटी, खरसाङबाट भाग्यन प्रधान, प्रमिला प्रधान र विजय सिञ्चुरी लगायत अन्य प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। उक्त रक्तदान शिविरमा जम्मा १९ जना रक्तदाताहरूले रक्तदान गरी शिविरलाई सफल बनाउन योगदान पुर्‍याएक थिए। रक्तदानजस्तो मानवीय तथा सामाजिक कार्यमा सहभागी भई अमूल्य योगदान दिने सम्पूर्ण रक्तदाताहरू, आयोजक संस्था, रेड क्रस सोसाइटी तथा उपस्थित सबैप्रति आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरूले समाजमा सहयोग, एकता र मानवताको भावना अझ मजबुत बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। उक्त रक्तदान शिविरलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने दिपेन प्रधान अनि हिरा प्रधानलाई पनि हाम्रो घुम्तीको तर्फबाट हार्दिक आभार प्रकट गरिएको छ।

About Author

Advertisement