गोर्खा गौरव संस्थाको तर्फबाट कालेबुङ नगरपालिका अध्यक्ष रबि प्रधानप्रति कृतज्ञता प्रकट

17-42-13-KR.jpg

कालेबुङ: गोर्खा गौरव संस्था कालेबुङले यसपल्ट गोर्खा मेलाको आयोजना गरेको थियो। कालेबुङ मेला टारको गोर्खा मेलामा पहिलो दिनमा नै आफ्नो उपस्थिति दिनको साथै विशेष गरेर मेला परिसरको दैनिक सर सफाईको कार्यभार आफ्नो काँधमा लिएर पूर्ण रुपमा वहन गरिदिएकोमा आयोजक संस्थाले कालेबुङ नगरपालिका बोर्ड अफ एडमिनिस्ट्रेटर अध्यक्ष रबि प्रधान अनि नगरपालिकाका सफाई कर्मचारीहरुप्रति कृतज्ञता प्रकट गरेका छन्। उक्त गोर्खा मेला आगामी २३ अक्टोबरसम्म चल्ने आयोजक पक्षले थप जानकारी पनि दिएका छन्।

About Author

Advertisement