भागोप्रमो तीनधारे महानदी समष्टिको समष्टि कमिटी पुनर्गठन

fd73c3d3-2b24-4631-bd1a-f4d29da35579

केवल राईलाई समष्टि सचिवको जिम्मेवारी

खरसाङ: महानदी तीनधारे समष्टि अन्तर्गत घैयाबारीको लोवर गैरी गाँउस्थित सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कर्मी सभा सम्पन्न भएको छ। समष्टि सभापति राजीव थापाको सभापतित्वमा सम्पन्न सभाको सञ्चालन समष्टिको प्रवक्ता विपन विश्वकर्मले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा उपस्थित रहेका थिए। कार्यक्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव जनक छेत्रीले स्वागत सम्भाषण राखेका थिए। सभालाई ट्रेड युनियनबाट सन्तोष तामाङ, रमिला तामाङ, अर्जुन तामाङ, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति प्रणाम रसाईली र केन्द्रीय अधक्ष्य अनित थापाले सम्बोधन गरेका थिए। सभाको मुख्य उद्देश्य समष्टिअन्तर्गत रहेका पुराना भ्रातृ संगठन तथा युवा शक्तिका कमिटी विघटन गरी नयाँ कमिटी गठन गर्नु रहेको थियो। सभाले भ्रातृ संगठन तथा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीको सभापतिमा राजेस थापा, सचिवमा सुकबीर राई र कोषाध्यक्षमा राजेन्द्र प्रधान लगायत अन्यलाई चयन गरेका थिए। त्यसै गरी केवल राईलाई तीनधारे महानदी समष्टिको मूल सचिवको जिम्मेवारी दिइएको छ। युवा शक्तिको सभापतिमा शुभम प्रधान तथा कार्यकारी सचिवमा भीषण लामालाई नियुक्त गरिएको छ।सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै समष्टि प्रवक्ता विपन विश्वकर्मले नयाँ कमिटी गठनको उद्देश्य तथा संगठनलाई अझ सक्रिय र सशक्त बनाउने योजनाबारे विस्तृत जानकारी दिएका छन्।

About Author

Advertisement