ब्याङ्क म्यानेजरलाई कुटपिट साथै लुटेको आरोपमा दुइजना पक्राउ

5079.jpg

सिलगढी: घर फर्किरहेका युनियन ब्याङ्कको म्यानेजरलाई कुटपिट गर्नको साथै लुटपाट गरेको घटना प्रकाशमा आएको छ।कुटपिट र लुटपाटको घटनापछि सो म्यानेजरको अभियोगमा तुरन्तै कार्वाही गर्दै पुलिसले २ जना बदमासहरुलाई पक्राउ गरेको छ। पुलिसले यस घटनामा सन्दीप दे र दीपज्योति साहालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। जानकारी अनुसार युनियन ब्याङ्कको म्यानेजर तिहारको छुट्टीमा गुवाहाटीबाट ट्रेन मार्फत आएपछि गत राति एनजेपी स्टेशनमा ओर्लिए। यसपछि तिनी एनजेपी स्टेशनबाट एउटा टोटो लिएर आफ्नो घर घोगोमाली फर्किरहेको समय बाटोमा सन्दीप र दीपज्योतिले टोटो रोकेर ब्याङ्क म्यानेजरलाई बाहिर निकालेर कुटपिट गर्नको साथै लुटपाट गरे। घाइते अवस्थामा कुनै प्रकारले तिनी आफ्नो घर पुगेर परिवारका सदस्यहरूलाई घटनाबारे अवगत गराए। यसपछि परिवारको तर्फबाट आशीघर आउट पोस्ट पुलिसमा घटनाबारे अभियोग दर्ता गरे। यसको साथै ब्याङ्क म्यानेजरलाई जिल्ला अस्पतालमा प्राथमिक चिकित्सा पनि गराए। अभियोगको आधारमा पुलिसले तुरन्तै कार्वाही गर्दै दुवैजना छिनताइ गर्ने व्याक्तिलाई पक्राउ गरेको छ। आज तिनीहरूलाई अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement