प्राथमिक शिक्षाको विभिन्न समस्याहरु समाधानको लागि भाजपा प्राथमिक शिक्षा सेलले काम गर्ने

195394ad-9560-4275-9078-108bd47eee33

खरसाङ: भारतीय जनता पार्टी प्राथमिक शिक्षा सेलको सभा भारतीय जनता पार्टीको खरसाङस्थित पार्टी कार्यालयमा प्राथमिक शिक्षा सेलका केन्द्रीय संयोजक प्रकाश हाङखिमको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा भाजपा दार्जिलिङ जिल्ला प्राथमिक शिक्षा सेलको केन्द्रीय समिति, जिल्ला समिति, महकुमा र विभिन्न सर्कलका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव निरज थापाको पनि विशेष उपस्थिति रहेको थियो। सभामा जीटीए क्षेत्रको प्राथमिक शिक्षा क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु र यसको समाधान विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभामा भाजपा प्राथमिक शिक्षा सेलका जिल्ला प्रतिनिधि बिनोद तामाङ, प्रकाश राई,नवीन राई र राजदीप त्रिखत्री सोनादा सर्कल, शंकर लामा मिरिक सर्कल, आशिष राई मङ्पु सर्कल, पुयुष राई खरसाङ सर्कल, प्रिया दिक्षित र किशोर नेउला दार्जिलिङ अर्बन सर्कल आदि उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टी प्राथमिक शिक्षा सेलका केन्द्रीय संयोजक प्रकाश हाङखिमले बताए अनुसार न्यायलयको आदेश अनुसार विगत ५ वर्षदेखि कार्यरत् शिक्षकहरुले अनिवार्य रुपमा टेट परीक्षामा बस्नु पर्ने भन्ने निर्णयको भारतीय जनता पार्टीको प्राथमिक शिक्षा सेल स्वागत गर्दछ भनी बताएका छन्। उनले यसलाई पालन गर्दै रिजनल टेट परीक्षा गराएर सबैलाई मौका दिनुपर्छ भन्ने मांग रहेको बताएका छन्‌। प्रकाश हाङखिमले बताए अनुसार २००२ को अन्तर्वार्ता दिएर २०१३ मा शिक्षकको रुपमा नियुक्ति पाएका शिक्षकहरुले भोग्दै आएका विभिन्न समस्याहरु विषयलाई बिगतका सरकारले सम्बोधन नगरेको र समस्या झनै जटिल बन्दै गईरहेको र यस समस्याको समाधान चाढै हुनु पर्ने संगठनको माग रहेको छ।‌ त्यसरी नै ४ मार्च २०१३ देखि यता नियुक्ति पाएका शिक्षकहरुको पनि अलग्गै समस्या रहेको र यसलाई पनि समाधान गर्न संगठनको तर्फबाट उच्च स्तरमा पहल गरिरहेको पनि प्रकाश हाङखिमले बताए। पत्रकारहरुलाई सम्बोधन गर्दै उनले यसपाली ५ सेप्टेम्बरको दिन भारतीय जनता पार्टी प्राथमिक शिक्षा सेलको आयोजनामा जीटीए क्षेत्रमा रहेका 13 वटा र कालेबुङका 3 वटा सर्जकहरुको प्राथमिक शिक्षकहरुलाई लिएर जीटीए स्तरीय शिक्षक दिवस समारोह सबैको केन्द्रमा पर्ने स्थान मङ्पुमा आयोजना गरिने जानकारी गराएका छन्। उनले जीटीए क्षेत्रमा प्राथमिक शिक्षा क्षेत्रमा चलिरहेको नोट क्याम्पको प्रचलनलाई यथावत् राख्नलाई भाजपा प्राथमिक शिक्षा सेलले लामो विचार विमर्श गरेर यसलाई सम्पूर्ण जीटीए क्षेत्रमा अनिवार्य रुपमा सञ्चालन गरिने भएको जानकारी गराएका छन्।

About Author

Advertisement