शिक्षा सहयोग नीतिअन्तर्गत निरन्तर सहयोगको प्रतिबद्धता
गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले राज्यभित्र र बाहिर विभिन्न व्यावसायिक तथा उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरूसँग भेटघाट एवम् अन्तरक्रिया गरेका छन्।
मुख्यमन्त्री तामाङले एमबीबीएस, बीपीटी, एमपीटी, बीएचए, बी.फार्म, बी.एससी. मेडिकल बायोटेक्नोलॉजी, एम.एससी. बायोटेक्नोलॉजी, बीडीएस, एम.ए. मनोविज्ञान, बी.वी.एससी. एवं ए.एच., बी.एससी. नर्सिंग, फिजियोथेरापी, प्यारामेडिकल र B.Tech विषय अध्ययनरत विद्यार्थीहरूसँग भेटघाट गरेका हुन्।
अन्तरक्रियाका क्रममा मुख्यमन्त्री तामाङले राज्य सरकारको शिक्षा सहयोग नीति मार्फत विद्यार्थीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोऱ्याए। उनले विभिन्न विषय र पाठ्यक्रमको विशिष्ट आवश्यकताअनुसार राज्य सरकारले आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिए।

सो अवसरमा मुख्यमन्त्रीले विद्यार्थीहरूलाई आफ्नो क्षेत्रमा लगनशीलताका साथ उत्कृष्ट प्रदर्शन गर्न र सफलता हासिल गर्न प्रोत्साहन गरे। साथै, आगामी दिनहरूमा आफ्नो ज्ञान र सीपको प्रयोग गरी सिक्किम र देशको प्रगति तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनसमेत आह्वान गरे।










