८०औँ स्वतन्त्रता दिवसको अवसरमा पाकिममा ‘हर घर तिरंगा’ मार्च

FB_IMG_1786826969666

पाकिम: भारतकाे ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आज पाकिम जिल्लामा ‘हर घर तिरंगा’ मार्च आयोजना गरियाे।
जिल्लापाल परी बिश्नोईको नेतृत्वमा सम्पन्न उक्त मार्चमा पाकिम पुलिस अधीक्षक छिरिङ शेर्पा, अतिरिक्त जिल्लापाल, जिल्ला प्रशासनका अधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो।
हाथमा राष्ट्रिय झण्डा लिएर
सहभागीहरूले जिल्ला प्रशासनिक केन्द्र, पाकिमदेखि सामुदायिक भवन (कम्युनिटी हल) पाकिमसम्म मार्च गरे। स्वतन्त्रता दिवसको महत्वलाई उजागर गर्दै राष्ट्रिय एकता र तिरंगाप्रतिको सम्मानको सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त मार्च आयोजना गरिएको थियो।
यो कार्यक्रम ‘हर घर तिरंगा’ अभियान अन्तर्गत सञ्चालन गरिएको हो, जसले नागरिकहरूलाई आफ्ना घरमा राष्ट्रिय झण्डा फहराउन र स्वतन्त्रता दिवससँग सम्बन्धित गतिविधिहरूमा सहभागी हुन प्रोत्साहित गर्दछ।
कार्यक्रमले जिल्ला प्रशासनका अधिकारी तथा कर्मचारीहरूलाई एकै ठाउँमा भेला भई स्वतन्त्रता दिवस मनाउने तथा भारतको स्वतन्त्रता सङ्घर्षमा योगदान र बलिदान दिने वीर व्यक्तित्वहरूलाई स्मरण गर्ने अवसर पनि प्रदान गरेको थियो। मार्चको समापनमा सहभागीहरूले संविधानका मूल्य र मान्यताप्रति प्रतिबद्ध रहने तथा जनसेवा, जिल्लाको विकास र राष्ट्र निर्माणमा सक्रिय योगदान पुर्‍याउने सङ्कल्प व्यक्त गरे।

About Author

Advertisement