सिक्किम उच्च न्यायालयमा सांस्कृतिक भव्यताकम साथ मनाइयो ८०औँ स्वतन्त्रता दिवस

FB_IMG_1786821009766

गान्ताेक: सिक्किम उच्च अदालत परिसरमा आज ८०औँ स्वतन्त्रता दिवस राष्ट्रिय भक्ति र भव्य उत्साहका साथ मनाइएको छ। सूचना तथा जनसम्पर्क विभाग (आईपीआर)ले दिएको जानकारी अनुसार उच्च अदालत परिसरमा आयोजित विशेष समारोहका बीच झण्डा उत्तोलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।
​समारोहका मुख्य अतिथि उच्च अदालतका न्यायाधीश भोलिराज (भाष्कर राज) प्रधानले राष्ट्रिय ध्वजात्तोलन गरे। त्यसलगत्तै उनले सिक्किम सशस्त्र पुलिसको टोलीबाट सलामी (गार्ड अफ अनर) ग्रहण गरेका थिए। झण्डा उत्तोलनपछि ‘वन्दे मातरम्’ र राष्ट्रिय गानको धुन गुञ्जदा वातावरण देशभक्तिमय बनेको थियो।
​समारोहको दोस्रो सत्र उच्च अदालतको प्रेक्षालय (अडिटोरियम) मा सांस्कृतिक प्रस्तुतिका साथ अघि बढेको थियो। जहाँ जिल्ला शिक्षा तथा प्रशिक्षण संस्थान (डीआईइटी), सिक्किम न्यायिक एकेडेमी, बोजोघारी बाल कल्याण संघ, बार एसोसिएसन अफ सिक्किम र उच्च अदालतका कर्मचारीहरूले विभिन्न नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए।
​कार्यक्रमका दौरान न्यायाधीश प्रधान तथा अन्य अतिथिहरूले सांस्कृतिक प्रस्तुतिका सहभागीहरूलाई मायाको चिनो प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा गरे।

उक्त समारोहमा उच्च अदालतका वरिष्ठ अधिवक्ताहरू, भारतका डेपुटी सोलिसिटर जनरल, न्यायिक अधिकारीहरू, अतिरिक्त एडभोकेट जनरल, बार एसोसिएसनका पदाधिकारीहरूका साथै जिल्ला अदालत र राज्य कानुनी सेवा प्राधिकरणका अधिकारी तथा कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
​कार्यक्रममा स्वागत मन्तव्य र धन्यवाद ज्ञापन उच्च अदालतकी सहायक रजिस्ट्रार (आईटी) अनिता लामा (पनिता लामा) ले गरेकी थिइन्।

About Author

Advertisement