सिलगढी: माटीगाढाको लोकिनाथ कोलनीबाट चोरी भएको स्कुटीसहित पुलिसले एक जनालाई पक्राउ गरेको छ।
पुलिसका अनुसार गत अगस्ट ७ का दिन माटीगाढास्थित सिमुलतलाको लोकनाथ कोलनीका एक घरबाट ‘सुजुकी’ ब्रान्डको स्कुटी चोरी भएको उजुरी माटीगाढा प्रहरी कार्यालयमा परेको थियो। अनुसन्धानका क्रममा पुलिस टोलीले दार्जिलिङ जिल्लाको प्रधाननगर थाना अन्तर्गत देबीडाङ्गा स्थायी घर भई हाल सिमुलतलामा बस्दै आएका मो. सलमान अलीलाई पक्राउ गरेको हो।
अभियुक्तको साथबाट चोरी भएको सुजुकी स्कुटी समेत बरामद गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।









