तीनधारेमा स्वतन्त्रतस दिवस समारोह साथै सिनियर सिटिजन कप क्यारम टुर्नामेन्ट शुरु

48e2f934-bab3-41f8-9f20-625ab46c78bc

खरसाङ: तीनधारे वरिष्ठ नागरिक कल्याण संगठनको आयोजनामा विगत वर्षहरुमा झैं सिनियर सिटिजन कप खुल्ला क्यारम प्रतियोगिता २०२६ आज स्वतन्त्रता दिवसको शुभोपलक्ष्यमा संगठन भवनमा शुरु भयो।
प्रथमार्ध्दमा सदा झैं वरिष्ठ नागरिक कल्याण संगठन र एनएफआर इम्पलोइज युनियन तीनधारे शाखाको संयुक्त आयोजनामा ८० वा स्वतन्त्रता दिवस पालन गर्दै संगठनका संस्थापक सदस्य देवराज पराजुलीका बाहुलीबाट राष्ट्रिय ध्वज उत्तोलन गरी स्वतन्त्रता दिवसबारे वक्तव्य राखेका थिए। युनियनका सचिव बिराज प्रधानद्वारा सञ्चालन गरेको कार्यक्रममा संगठनका सभापति दावा दोर्जे लामा, सचिव सुरेशचन्द्र दर्नाल, संस्थापक सदस्य जीतबहादुर गुरुङ, बिमल दर्जी, शान्ति तामाङ, तारा रुचाल, पीके सेवा, बिनोद छेत्री,बिष्णु प्रधान, राजेन गिरी, एमप्रसाद गिरी, कोषाध्यक्ष गौतम मोक्तान लगायत वरिष्ठ नागरिक कल्याण संगठन र एन एफ आर इम्पलोइज युनियन तीनधारेका धेरै सदस्य तथा प्रभारीगणको उपस्थित रहेको थियो। स्वतन्त्रता दिवसको कार्यक्रमपछि सिनियर सिटिजन कप ओपन क्यारम टुर्नामेन्ट २६ को शुभाराम्भ भयो जसमा एनएफआर इम्पलोइज युनियन र वरिष्ठ नागरिक कल्याण संगठनमाझ खेलिएको उद्घाटन खेलमा निर्णायकगणमा बिमल दर्जी र बरुण रसाईली रहेका थिए। अति रोमाचक खेलमा वरिष्ठ नागरिक संगठन बिजय बनेका थिए। सभापति दावा दोर्जे लामा र सचिव सुरेशचन्द्र दर्नालल़े आजको प्रतियोगीवर्ग र निर्णायकगणलाई खदार्पन गरी सम्मान जनाएका थिए।

About Author

Advertisement