क्राई एनजीओद्वारा खरसाङको रोहिणीमा पर्यावरण मैत्री दिपावली पालन

IMG_20221022_161457.jpg

खरसाङ: क्राई एनजीओको आयोजनामा खरसाङ महकुमा अन्तर्गत रोहिणी चिया बगानका बालबालिकाहरूले पर्यावरण मैत्री दीपावली मनाएका छन्। यस अवसरमा कलाकार एंव कलाको शिक्षक सुदेब घोष र स्वपन बसाक र क्राइ स्वयंसेवी शिक्षिका पूजा कालिकोटेको सहयोगमा बालबालिकाहरूले पर्यावरण मैत्री पटेकाहरू, चित्रहरू, रंगोली बनाउने र कागजको लालटेन बनाउन सिकेका छन्।

सम्पूर्ण चिया बगानका बालबालिकाहरूको तर्फबाट रोहिणी चिया बगानले क्राई एनजीओ र यसको सम्पूर्ण टोलीलाई विशेष धन्यवाद दिएका छन्। क्राई एनजीओद्वारा सम्पूर्ण समाजलाई शान्ति र प्रदुषणमुक्त दिपावली मनाउन सन्देश दिएका छन्। तिहारमा जनावरहरू र एक अर्कालाई हानी नहोस् तर सबैमा एकता र शान्तिका साथ यो दीपावली मनाउन सबैमा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement