धनतरेसमा खरसाङ बजार

IMG-20221022-WA0158.jpg

गत वर्षको तुलनामा यसपाली धनतेरसको व्यापार न्युन

खरसाङ: आजदेखि तिहार शुरु भएको छ भने तिहारको रमझम खरसाङ बजारमा निक्कै देखिएको छ। आज खरसाङ बजारमा धनतेरस सौदापात गर्नलाई मानिसहरूको भीड़ देखिएको छ। तर यसपाली धनतेरस आज र भोलि भनेर भनिएकोले मानिसहरू निक्कै अन्यौलमा रहेको बुझियो। तर पनि मानिसहरूले आज पनि धनतेरसको सौदापातहरू आज नै गरिएको पनि देखिएको छ। त्यसैले पनि हो गत वर्षको तुलनामा यसपाली धनतेरसको अवसरमा पनि निक्कै कम व्यापार भईरहेको दोकानदारहरूका भनाई रहेको छ। यस प्रसंगमा खरसाङ बजारको एकजना व्यापारी राजकुमार अग्रवालले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली धनतेरस दुई परेको कारणले आज व्यापार कम्ती रहेको अनि गत वर्षको तुलनामा व्यापार निक्कै कम रहेको बताएका छन् । त्यसरी नै खरसाङको हाट बजारमा रहेको सुन दोकानको एकजना व्यापारी शैलेन्द्र प्रसादले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा यसपाली गत वर्षको तुलनामा सुनको बिक्री केही राम्रो नै रहेको बताएका छन् । उनले गत वर्ष कोरोनाको कारणले व्यापार राम्रो नभएको तर यसपाली सुनको राम्रै व्यापार भईरहेको र मानिसहरूले धनतेरसको अवसरमा सुनको सामानहरू किनिरहेको बताएका छन् ।

मानिसहरूले आज धनतेरसको अवसरमा ताँबा, सिल्भर, पित्तल, काँसाको विभिन्न सामानहरू किनिरहेको देखिएको छ। धनतेरसको सौदापात साथै तिहारको तयारीको लागि पनि मानिसहरूले बजारमा निक्कै सौदापातहरू गरिरहेको देखियो। तिहारमा चाहिने झिलमिली सामानहरू र अन्य विभिन्न सामानहरू पनि मानिसहरूले किनिरहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement