पुजा समितिलाई सरकारको निर्देशनबारे जानकारी गराइयो
इटहार (उत्तर दिनाजपुर): उत्तर दिनाजपुर जिल्लाको इटहार प्रशासनले काली पूजा र छठ पूजा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न शनिबार शान्ति सभा आयोजना गरेको छ। उत्तर दिनाजपुर जिल्लाको इटहार ब्लक र प्रहरी प्रशासनको पहलमा बीडीओ कार्यालयमा आयोजित उक्त बैठकमा काली पूजा र छठ पूजाको आयोजनाबारे विस्तृत छलफल भएको थियो। बैठकमा इटहार ब्लकका सबै काली पूजा तथा छठ पूजा समितिका पदाधिकारी, प्रहरी–प्रशासन अधिकारीलगायत विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो। बैठकमा प्रशासनको तर्फबाट पूजाका क्रममा कुनै अप्रिय घटना नहोस् भन्ने सरकारी निर्देशनका बारेमा पूजा समितिलाई सचेत गराइएको थियो।बैठकमा इटहार ब्लक सामूहिक विकास अधिकारी अमित विश्वास, इटहार पुलिस स्टेशन आईसी मानवेन्द्र नाथ साहा, संयुक्त बीडीओ जहेरुल इस्लाम, राजनीतिज्ञ कार्तिक दास, पलाश राई र अन्य पुलिस अधिकारी र गणमान्य व्यक्तिहरू उपस्थित थिए। इटहार ब्लक र प्रहरी प्रशासनले पूजाको समयमा डिजे बजाउन र पटाका फाल्न निषेध गरेको छ।









