४०० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

IMG-20260813-WA0083

सिलगढी: सिलगढी पुलिस कमिश्नरेट अन्तर्गतको माटीगाडा थाना पुलिसले भारी मात्रामा लागूपदार्थ ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
​प्रहरीले दिएको जानकारी अनुसार गोप्य सूचनाका आधारमा १२.०८.२०२६ को साँझ दार्जिलिङ जिल्लाको माटीगाडा थाना क्षेत्रस्थित एएच-२ मा रहेको शिक्षा विभागको कार्यालय अगाडि लस्का पुल नजिकै छापा मारिएको थियो। उक्त कारबाहीका क्रममा नकसालबाडी थाना क्षेत्रको आश्रमपारा, कोटियाजोत निवासी ३२ वर्षीय प्रकाश मण्डललाई नियन्त्रणमा लिइएको हो।
​तलासीका क्रममा उसको साथबाट ४०० ग्राम शंकास्पद ब्राउन सुगर र एउटा एन्ड्रोइड मोबाइल फोन बरामद गरी कानूनी प्रक्रिया पुर्‍याएर जफत गरिएको छ। पक्राउ परेका व्यक्तिमाथि एनडीपीएस ऐन अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको पुलिसले जनाएको छ।

About Author

Advertisement