२२ अक्टोबरः दुईपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन सिमोना हालेपलाई अगस्तमा अमेरिकी ओपनको अवधि भएको डोपिंग जाँचमा विफल भएपछि अन्तर्राष्ट्रिय टेनिस इण्टिग्रिटी एजेन्सी (आईटीआईए)-द्वारा अस्थायी रूपले प्रतिबन्धित गरियो। आईटीआईए-ले शुक्रवार पूर्व नम्बर एक महिला खेलाड़ी विरुद्ध शास्तीको घोषणा गऱ्यो। डब्ल्यूटीए ऱ्याङकिंगमा अहिले नवौं स्थानमा रहने हालेपले २०१९-मा विम्बल्डन अनि २०१८-मा फ्रेञ्च ओपनको खिताब जितेकी थिइन्। सोशल मीडियामा डोपिंगमा पोजिटिभ आएको खबरलाई हालेपले आफ्नो जीवनको सबैभन्दा ठूलो धक्का बताइन्। यसको साथमा उनले भनिन्, यस्तो स्थितिमा अहिले म सम्पूर्ण रूपले भ्रमित अनुभव गरिरहेकी छु। मसँग धोका भयो। मैले कहिले पनि जानी-बुझी प्रतिबन्धित पदार्थको सेवन गरिनँ। यो कुरा साबित गर्न म लड़ाइँ जारी राख्नेछु। आज नभए पनि भोलि सत्य अघि आउने मलाई पूरा भरोसा छ।
रोमानियाकी ३१ वर्षीय यस खेलाड़ीले सेप्टेम्बरमा नाकको सर्जरीले गर्दा सत्रको रहल समयमा नखेल्ने अनि आराम गर्ने घोषणा गरेकी थिइन्। यसबीच आईटीआईए-ले बताएअनुसार, हालेपलाई प्रतिबन्धित पदार्थ रोक्साडुस्टेटको मामिलामा पोजिटिभ पाइएको छ, जसलाई किडनीको बिमारीमा प्रयोग गरिन्छ। विश्व डोपिंग रोधी संहिताअन्तर्गत हालेपमाथि रोक्साटुस्टेट जस्ता पदार्थको सेवनमा पोजिटिभ पाइएको हुनाले चार सालको प्रतिबन्ध लाग्न सक्छ। हालेपले सोशल मीडियामा जारी पोस्टमा लेखेकी छन्, आजदेखि सत्य साबित गर्ने मेरो जीवनको सबैभन्दा मुश्किल म्याच शुरु भएको छ। टेनिस करियरमा मेरो मनमा कहिले पनि छल गर्ने विचार आएन। म यस लड़ाइँमा पछि हट्ने छुइनँ।









